आइतवार, जेष्ठ ३०, २०७८

निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ७ हजार ३ सय १७ जना होल्डमा

काठमाडौं जेठ ३
नेपाल प्रहरीले पछिल्लो  २४ घण्टामा विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ७ हजार ३ सय १७ जनालाई होल्डमा राखी सम्झाई बुझाई छाडिएको छ । सो क्रममा ९ सय ७१ वटा गाडी र २ हजार २ सय २३ वटा मोटरसाइकल गरी ३ हजार १ सय ९४ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएकोछ ।

साथै नयाँ भेरियन्ट सहितको कोभिड १९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ? ’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १ हजार ४ सय ६५ जनालाई नि शुल्क मास्क वितरण गरिएको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ३ सय ६० जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ । साथै देशभर माईकिङ तथा सचेतनामूलक कार्यक्रम अन्तर्गत २० हजार ५ सय ५१ जनालाई सचेत गराईएको छ ।

निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु