आइतवार, बैशाख १६, २०८१

आसन्न एसइई र कक्षा १२ को परीक्षा अर्को निर्णय नभएसम्मका स्थगन

काठमाडौं बैशाख २७,
राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले आगामी जेठ १३ गतेदेखि सञ्चालन हुने एसइई र जेठ २६ गतेदेखि हुने कक्षा १२ को परीक्षा अर्को निर्णय नभएसम्मका स्थगन गर्ने निर्णय गरेको छ।

बढ्दो कोभिड–१९ को महामारी जारी निषेधाज्ञाका कारण सरकारले पनि यथास्थितिमा परीक्षा सञ्चालन नर्गन दिएको निर्देशन संगै वर्तमान अवस्थामा परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नरहेकाले तत्कालका लागि दुवै परीक्षा स्थगन गर्ने निर्णय भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

त्यस्तैबोर्ड बैठकले एसइई र कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्ने भन्नेबारेमा अध्ययन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालका संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गर्दै परीक्षा सञ्चालन गर्न सक्ने अवस्थाको विकल्पको ढाँचा तयार गर्ने कार्यादेश समेत दिएका छन ।

ज्ञात रहोस,   गत वर्ष पनि कोभिड महामारीका कारण एसइईका परीक्षार्थीलाई विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनका आधारमा बोर्डले नतिजा सार्वजनिक गरेको थियो ।