शनिबार, बैशाख १५, २०८१

रणनीतिक कार्ययोजना सहित काँग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौ बैशाख २५,
आज प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलको बैठक बस्दै छ । आज दिउँसो २ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको हो। बैठकमा बैशाख २७ गते  प्रधानमन्त्री केपी   ओलीले संसदमा विश्वासको मत लिने कार्यतालिका  केन्द्रीत हुँदै   पार्टी सभापति शेरबहादुर देउवाले रणनीतिक धारणा राख्ने तयारी रहेको बुझिएकोछ ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मतमा विफल पार्ने काँग्रेसको निर्णय छ । मंगलबार कसेको पार्टी पदाधिकारी बैठकले ओलीलाई विश्वासको मत नदिने र विफल पार्ने निर्णय लिएको थियो । बैठकमा पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले पछिल्लो राजनीतिक परिस्थितिबारे बिफ्रिङ गर्ने बुझिएको छ ।