शुक्रबार, बैशाख ७, २०८१

उपत्यका प्रदेश पत्रकार राहत कोषमा सरस्वती बचतको आर्थिक योगदान

पत्रकार प्रकृतिको जन्मोत्सवको अवसरमा आर्थिक सहयोग

काठमाडौं बैशाख २५ ,
एक थुकी सुकी सयौ थुकी नदि भने जस्तै नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिद्वारा स्थापित ‘उपत्यका प्रदेश कोभिड पत्रकार राहत कोष’मा रु दश लाख जम्मा गर्ने हाम्रो प्रयासलाइ सार्थक बनाउन भन्दै काठमाडौं महानगर वडा न ६ सरस्वतीनगर स्थित सरस्वतीनगर बचत तथा ऋण सहकारी सस्थाको तर्फबाट संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत रु १० हजार सहयोग प्राप्त भएको छ ।

संस्थाका अध्यक्ष रघुनाथ भण्डारीले उक्त सहयोग रकम प्रदेश समितिका अध्यक्ष श्रीजन झालाइ समितिको कार्यकक्षमा आज हस्तान्तरण गर्नु भएको हो । रकम हस्तान्तरण कार्यक्रममा संस्थाका उपाध्यक्ष रामहरी श्रेष्ठ त्यस्तै संस्थका सचिव एवम् काभ्रे पोष्ट साप्ताहिकका सम्पादक दिपक चौलागाँइ,प्रदेश कार्य समिति सदस्य प्रवीन श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

यसैवीच पत्रकार महासंघ काठमाडौंकी सदस्य तारादेवी नेपाल [प्रकृती] ले पनि सोहि अवसरमा आफ्नो जन्म दिनको अवसरमा हुने खर्च कटौती गर्दै त्यस अवसरमा प्रदेश समितिको राहत कोष प्रयोजनका लागि अध्यक्ष झालाइ रु ५ हजार एक सय उपलब्ध गराउनुभएको छ । कोष प्रयोजनका लागि मनकारी सहयोग रकम उपलब्ध गराउनु हुने सरस्वतीनगर बचत तथा ऋण सहकारी सस्था सहित सिङ्गो कार्य समिति र पत्रकार नेपालप्रति प्रदेश समितिले हार्दिक कृतज्ञता व्यक्त गरको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु