शुक्रबार, बैशाख १४, २०८१

पत्रकारद्वयलाई थुनामुक्त गर्न सर्वोच्चले दिएको आदेश स्वागतयोग्य :महासंघ

काठमाडौं बैशाख २४,
नेपाल पत्रकार महासंघले उज्यालो नेटवर्क अनलाइनका पत्रकारद्वय अनिश तामाङ र प्रभात तामाङलाई रिहाई गर्न सर्वोच्चले दिएको आदेशलाइ सकारात्मक रुपमा लिँदै स्वागत गरेको छ । यसअघि प्रेस काउन्सिल नेपालबाट निरुपण भैसकेको विषयमा र पाटन उच्च अदालतबाट समाचारको विषय टुंगो नलागेसम्म पक्राउ नगर्नु–नगराउनु भनी आदेश दिइसकेको अवस्थामा पत्रकारद्वयलाई पुन वैशाख १२ गते प्रहरीले पक्राउ गरेको हो ।

पत्रकार प्रक्रउ प्रकरण पछि महासंघका तर्फबाट ललितपुर शाखाका सचिव रामहरि कार्कीले वैशाख १३ गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेर कानुनी प्रक्रिया थालिएको हो । जारी आदेशमा समाचार समाचार सम्प्रेषण गर्दा तथ्यगत त्रुटि गरेका कारण निवेदकले क्षमायाचनासमेत गरिसकेका अवस्थामा थुनामा राख्नु गैरकानूनी हुने उल्लेख गरिएको छ ।

त्यस्तै महासंघले आज जारी विज्ञप्तिमा महासंघको तर्फबाट कानुनी प्रक्रियामा सहयोग गर्नुहुने बरिष्ठ अधिवक्तात्रय बोर्णबहादुर कार्की, मुक्तिनारायण प्रधान र रमण श्रेष्ठसहित अधिवक्ताहरु भक्तिराम घिमिरे, धर्मराज पाण्डे, सन्तोष भण्डारी, करुणाकर मल्लिक, लोकेन्द्र ओली, विष्णुकुमार गिरी र विजय हमाललाई धन्यवाद ज्ञापन समेत गरेको छ ।