शुक्रबार, चैत्र १६, २०८०

उपत्यकामा मात्र ४ हजार १०६ जना संक्रमितको पहिचान

काठमाडौं बैशाख २४,
पछिल्लो २४ घण्टामा १९ हजार ९८७ जनाको पीसीआर परीक्षणको क्रममा ९ हजार २३ कोभिड संक्रमितको पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।त्यस्तै मन्त्रालयले आज पहिचान भएका संक्रमित मध्ये काठमाडौं उपत्यकाभित्रकामात्र ४ हजार १०६ जना सङ्क्रमित रहेको जानकारी दिएको छ ।

साथै मन्त्रालयका अनुसार काठमाडौमा ३ हजार ८९, भक्तपुरमा ३७४ र ललितपुरमा ६४३ जना गरी चार हजार १०६ नयाँ सङ्क्रमित रहेको जनाएको छ ।

साथै मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै काठमाडौं उपत्यकामा ३४ हजार ६२१ जना सक्रिय सङ्क्रमित रहेका र यसमध्ये काठमाडौमा २५ हजार ९४०, ललितपुरमा ५ हजार ४२९, र भक्तपुरका ३ हजार २५२ जना रहेको जनाएको छ। यसवीचमा २ हजार ९०५ जना सङ्क्रमित कोरोना संक्रमण मुक्त हुँदै डिस्चार्ज भएको मन्त्रालयले जानकारी दिएको छ ।