शनिबार, बैशाख १५, २०८१

८ हजार ९७० जना सङ्क्रमित थपिदै गर्दा २७सय७ संक्रमित डिस्चार्ज, ५४को मृत्यु

काठमाडौं बैशाख २३ ,
नेपालमा पछिल्लो २४ घण्टामा २० हजार ३६७ जनाको पीसीआर परीक्षणको क्रममा ८ हजार ९७० जना सङ्क्रमित थपिएका छन् ।

मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्ने क्रममा दिएको जाकारी अनुसार आज पहिचान भएका संक्रमितसंगै नेपालमा कुल सङ्क्रमितको सख्या ३ लाख ६८ हजार ५८० पुगेको र यसमध्ये ७२ हजार ५६१ जना सक्रिय सङ्क्रमित रहेको जानकारी दिएको छ।

साथै मन्त्रालयले यसवीचमा २ हजार ७०७ जना सङ्क्रमित कोभिड मुक्त हुँदैडिस्चार्ज भएसंगै डिस्चार्ज हनेको सख्या २ लाख ९२ हजार ४९० जना पुगेको जानकारीदिएको छ। त्यस्तै मन्त्रालयले वितेको २४ घण्टामा ५४ जना सङ्क्रमितको मृत्यु भएको पुष्टि गर्दै हालसम्म ३ हजार ५२९ जना सङ्क्रमितको मृत्यु भएको जानकारी दिएको छ।