शुक्रबार, चैत्र १६, २०८०

काठमाडौंमा मात्र सक्रिय कोभिड संक्रमितको सख्या ३ हजार नाघ्यो

काठमाडौं उपत्यकामा मात्र ३ हजार ९७२ जना संक्रमितको पुष्टि

काठमाडौं बैशाख २३ ,
नेपालमा पछिल्लो २४ घण्टामा २० हजार ३६७ जनाको पीसीआर परीक्षणको क्रममा ८ हजार ९७० जना सङ्क्रमित थपिएका छन् ।

मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्ने क्रममा दिएको जाकारी अनुसार आज पहिचान भएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्र ३ हजार ९७२ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौमा ३१६३ जना, ललितपुरमा ५६७ र भक्तपुरमा २४२ जना गरी काठमाडौं उपत्यकामा ३ हजार ९७२ जना रहेको जनाएकोछ ।

त्यस्तै सक्रिय कोभिड संक्रमितको हकमा काठमाडौंमा २४ हजार ५३३ जना, भक्तपुरमा २ हजार ९४५ र लतिपुरमा ४ हजार ९७४ जना संक्रमित रहेको जानकारी दिएको छ ।