शुक्रबार, बैशाख १४, २०८१

संघीय राजधानी देखि मोफसल सम्म बढ्दो कोभिड कहर: ४१ जिल्लामा निषेधाज्ञा आदेश जारी

काठमाडौ बैशाख २०,
बढ्दो कोभिड संक्रमणको रफ्तारसंगै यसको रोकथामका लागि निषेधाज्ञा जारी हुने क्रमले तिव्रता पाएको छ । गृहमन्त्रालयका अनुसार पछिल्लो समय मुलुकको ७७ जिल्ला मध्ये ४१ जिल्लामा आदेश जारी भइसकेको जनाएको छ । मन्त्रालयका अनुसार केही जिल्लामा आज रातिदेखि आदेशको कार्यान्वयन हुँदै छ भने थप जिल्लामा मङ्गलबारबाट लागू हुने जानकारी दिएको छ ।

प्राप्त पछिल्लो जानकारी अनुसार , काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, बाँके, सुर्खेत , रुपन्देही, बागलुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेलधुरा, झापा, मोरङ, गुल्मी, प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालीकोट, स्याङ्जा, रामेछाप, ताप्लेजुङ र बैतडी रहेका छन   ।

त्यस्तै गरि रामेछाप, ताप्लेजुङ, अर्घाखाँचीमा निषेधाज्ञा जारी भइसेको छ, भने रामेछाप, ताप्लेजुङ, स्याङ्जा, कालीकोट, मकवानपुर, बाजुरा, गोरखा, काभ्रेपलाञ्चोक, मोरङ, दार्चुला र बाग्लुङमा आंशिक निषेधाज्ञा जारी हुँदै गर्दा नुवाकोट, धनुषा तथा दैलेखमा मङ्गलबारदेखि जारी आदेश कार्यान्वयनमा आउने भएको छ।