शुक्रबार, चैत्र १६, २०८०

प्रम ओलीको सम्बोधन: वैशाख मसान्तसम्मका लागि जारी भएको निषेधाज्ञा थप कडाइ हुने

काठमाडौ वैशाख २०,
प्रधानमन्त्री केपी ओलीले आज दोस्रो लहरको कोभिड महामारी उच्च रफ्तारमा बढ्दै गर्दा बढ्दो कोभिड महामारी केन्द्रीत हुँदै आज देशवासीका नाममा सम्बोधन गर्नुभएको छ ।

सम्बोधनको क्रममा प्रम ओलीले बढ्दो कोभिड नियन्त्रण एवम् रोकथाम संगै नागरिकको जीवनरक्षा सरकारले पहिलो दायित्व भएकै कारण विज्ञहरुको सल्लाह अनुसार निषेधाज्ञा आदेश जारी भएको बताउदै वैशाख मसान्तसम्मका लागि जारी भएको निषेधाज्ञा थप कडाइ हुने र यसबाट नागरिकमा पर्ने असुविधाप्रति धैर्यता कायम गरिदिनुहुन अनुरोध गर्नुभएको छ ।

प्रधानमन्त्रीले सरकारले सबै अस्पताल, मेडिकल कलेजहरूको बेड सरकारले कोरोना संक्रमितका उपचारका लागि प्रयोग गर्ने बताउदै प्रदेश सरकारहरुलाइ पनि सोही बमोजिम गर्न निर्देशन दिनुभयो । साथै होटल, पार्टी प्यालेस र भवनमा सुविधा सम्पन्न आइसोलेसन निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।

त्यस्तै उहाँले यसवीचमा जारी निषेधाज्ञा लगायतका आदेशले सिर्जना गरेको असुविधाप्रति संयमता अपाइ दिन आग्रह गर्दै कोभिड संक्रमणको जोखिमको रोकथामका लागि सरकारले हरसंभव प्रयास जारी राख्ने समेत बताउनभयो  ।
यस्तो छ प्रम ओलीको सम्बोधनको भिडियो :

https://www.facebook.com/neptv2041/posts/337627491110290