सोमवार, बैशाख १७, २०८१

प्रमको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं वैशाख १९,
प्रधानमन्त्री केपी ओलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आजको बैठक नियमित बैठकमा मुलुकमो देदिएको कोभिड संक्रमणको उच्च रफ्तार र यसको रोकथाम तथा उपचार केन्द्रीत छलफल र निर्णय गर्ने तयारी रहेको सम्वद्ध पक्षले जनाएको छ ।

त्यस्तै बैठकले यसअघि कोरोना रोकथामका लागि कोभिड रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र सिसिएमसीेको बैठकले गरेका सिफारिस उपर समेत नितिगत निर्णय हुने भएकोछ ।

अस्पतालहरुमा विरामीको बढ्दो चाप संगै कोभिड संक्रमित बिरामीले शैंया र अक्सिजन पाउन नसकेका कारण सरकारको सर्वत्र आलोचना भइरहेको अवस्थामा बस्न लागेको मन्त्रिपरिषद् बैठकले नयाँ आयाम सिर्जना गर्ने निर्णय गर्ने तयारी रहेको बुझिएको छ ।