शुक्रबार, चैत्र १६, २०८०

विस्वासको मत जित्ने आधार नदेखेपछि मुख्यमन्त्री पोखरेलको राजीनामा, लुम्बिनी प्रदेश सरकार काम चलाउमा परिणत

काठमाडौं वैशाख १९,
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले मुख्यमन्त्री पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको छ । संविधानको धारा १६८ को २ बमोजिम नेकपाबाट मुख्यमन्त्री बनेका पोखरेलले संविधानको धारा १६८ को १ बमोजीम सरकार गठन गर्न मार्ग प्रशस्त गर्न भन्दै राजीनामा गरेको हो ।

गत वैशाख ६ काँग्रेस माओवादीसहितका दलले मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको र उक्त प्रस्ताव उपर आजै छलफल प्रदेश सभाको बैठकमा आज छलफल गर्ने कार्य सूची रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ।

आजै प्रदेश प्रमुख धर्मनाथ यादवले उहाँको राजीनामा स्वीकृत गर्नुभएको र अर्को ब्यवस्था नभएसम्म मन्त्री परिषद्को कार्यभार सञ्चालन गर्न जिम्मेबारी दिइएको प्रदेश प्रमुख कार्यलयलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ। प्रदेश सभाको गणितीय संरचना अनुसार ८१ सदस्यीय रहेको र त्यमा नेकपा एमाले ओली पक्षको ३९ र माधव नेपाल समूहको २ सदस्य समेत गरि ४१ सदस्यीय रहे पनि अविश्वासको प्रस्ताव उपर छलपल गर्दा माधव समूहले साथ नदिने निशिचत भएसंगै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको बुझिएको छ।

त्यसोत मुख्यमन्त्री पोखरेलले मन्त्रीको प्रलोभन सहित विस्वासको मतका लागि जसपाका २ माओवादीबाट एमाले प्रवेश गरेका दुईलाइ मन्त्री बनाए सम्बन्धीत दलले ती चारैजनालाइ पार्टीबाट निश्काशन गरेपछि मुख्यमन्त्री पोखरेलको विस्वासको मत जित्ने तिकडम फेल खाएको हो ।