शनिबार, बैशाख १५, २०८१

महासंघ उपत्यका प्रदेशलाइ राष्ट्रिय महिला अधिकार मञ्चको तर्फबाट मास्क सहयोग

काठमाडौं बैशाख २७,
पछिल्लो समय बढ्दो कोभिड कहरको जोखिमको विषम अवस्थालाइ दृष्टिगत गर्दै   राष्ट्रिय महिला अधिकार मञ्च [NWRF] काठमाडौंले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणको अभियानमा क्रियाशील सञ्चारकर्मीका प्रयोजनार्थ नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिलाइ १ हजार ५ सय थान माक्स उपलब्ध गराएका छन ।

प्रदेश समितिका अध्यक्ष श्रीजन झालाइ आज एक अनौपचारिक कार्यक्रमका वीच मञ्चका काठमाडौं च्याप्टरकी अभियन्ता रमिला योन्जनको टिमले उक्त मास्क हस्तान्तरण गर्नुभएको हो।

मास्क हस्तान्तरण कार्यक्रममा प्रदेश समितिका अध्यक्ष झाले मञ्चको तर्फबाट प्राप्त मास्क प्रदेश समिति मातहतका जिल्ला शाखाका आवद्ध पत्रकारहरुको प्रयोजनार्थ समानुपातिक वितरण गरिने जानकारी दिदै जोखिमपूर्ण अवस्थामा नाागरिकलाई सुसूचित गर्ने काममा अहोरात्र खटिने पत्रकारहरुका लागि आवश्यक पर्ने सामग्री उपलब्ध गराएकोमा मञ्च र मञ्चसंग आवद्ध सिङ्गो टिमलाइ धन्यवाद दिदै आगामी दिनमा मञ्च लगायत सामाजिक कार्यमा अग्रसर विभिन्न संघ संस्थासंग सहकार्य गर्ने बताउनुभयो ।

त्यसअवसरमा मञ्चका अभियन्ताहरु क्रमस रजिता गौतम किर्तिपुर च्याप्टर, मिता गोपाली चन्दागिरि च्याप्टर त्यस्तै गरि निरु श्रेष्ठ ,अन्जु रायमाझी ,रिमा सुब्बा बसन्तपुर च्याप्टरको उपस्थिती रहेको थियो ।

राष्ट्रिय महिला अधिकार मञ्च काठमाडौं मुलत ग्रामीण महिलाको हकाधिकारका लागि समूदाय देखि राष्ट्रियतह सम्म संगठन निर्माण र यसको सुद्धिढिकरणर परिचालनकालागि सामुहिक आवाजको अवधारण सहित २०६५ सालमा स्थापित भएको संस्था हो । यस संस्थाले महिलाको आर्थिक समाजिक राजनैतीक र सास्कृतिक अधिकारका लागि आवाज मुखरित गर्दै आइरहेका छन ।