बिहिबार, बैशाख १३, २०८१

प्रधानमन्त्री ओेलीलाइ विश्वासको मत दिन प्रस्तुत प्रस्ताव प्रतिनिधिसभाको बैठकबाट अस्वीकृत

२३२ सांसद मध्ये प्रस्तावको पक्षमा ९३ र विपक्षमा १२४ र हुन्न भन्ने पक्षमा १५ मत 

काठमाडौं बैशाख २७,
प्रधानमन्त्री केपी ओेलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न टेवल गर्नुभएको प्रस्ताव प्रतिनिधिसभाको बैठकले अस्वीकृत गरेको छ ।प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उपस्थित २३२ सांसद मध्ये प्रधानमन्त्री केपी ओलीको प्रस्तावमाथि भएको मत विभाजनमा प्रस्तावको पक्षमा ९३ र विपक्षमा १२४ मत परेको थियो भने हुन्न भन्ने पक्षमा १५ सांसदले मतदान गर्नुभएको थियो ।

प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सदनमा कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत प्राप्त गर्न आवश्यक रहेको प्रम ओलीले जम्मा ९३ मत प्राप्त गरेसंगै उहाको प्रस्ताव अस्वीकृत भएको हो।

त्यसलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले विश्वासको मतका लागि आवश्यक बहुमत नपुगेकाले प्रम ओलीको प्रस्ताव अस्वीकृत भएको घोषणा गर्नुभएको थियो । मुलत आजको बैठकमा सत्तारुढदल नेकपा एमालेका नेता माधव नेपाल र झलनाथ खनाल समूहका सांसद अनुपस्थित रहेनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख ३० गते अपराह्न १ बजे बस्ने छ ।