शनिबार, बैशाख ८, २०८१

उपत्यकाका ३ हजार ६०७ सहित थपिए ९ हजार २७१ कोभिड संक्रमित, १३९ को मृत्यु

काठमाडौं बैशाख २७,
पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार २७१ जनामा कोभिड संक्रमित थपिएका छन । १७ हजार ६२३ जनाको पिसिआर र ७८८ जनाको एन्टिजेन गरी १८ हजार ४११ जनाको परीक्षण गर्दा ९ हजार २७१ जनामा कोभिड संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज पहिचान भएका कुल संक्रमित मध्ये काठमाडौं उपत्यकाका ३ हजार ६०७ जना संक्रमित रहेको जनाउदै आज थपिएका संक्रमितमध्ये काठमाडौमा २ हजार ७७५ , ललितपुरमा ५०५ र भक्तपुर जिल्लाका ३२७ जना संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै मन्त्रालयले कुल संक्रमितमध्ये हाल ९३ हजार १४१ जना सक्रिय संक्रमित रहेको जनाउदै वितेको २४ घण्टामा ४ हजार ७ जना संक्रमित संक्रमण मुक्त भएको जनाएको छ।

त्यस्तै मन्त्रालयले पछिल्लो २४ घण्टामा १३९ जना संक्रमितको मृत्यु भएको र योसंगै मृतकको संख्या ३ हजार ८५९ पुगेको जनाएको छ ।