आइतवार, बैशाख १६, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको राजीनामा स्वीकृत,नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको आह्वान

काठमाडौं बैशाख २६,
गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख पौडेलले अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म संविधानको धारा १६९ को उपधारा [३] बमोजित मौजुदा मन्त्रिपरिषदले कार्यसञ्चालन गर्न आग्रह गर्नुको अलावा संविधानको धारा १६८ ९२० बमोजिम तीन दिनभित्र नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुलाई आह्वान गरेकी छन् ।

त्यस्तै संविधानको धारा १६८ ९२० मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । मुख्यमन्त्री गुरुङ विरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले दर्ता गरेको अविश्वासको प्रस्ताव उपर मतदान गर्ने अघिल्लो दिन अर्थात आइतबार मुख्यमन्त्री गुरुङले राजीनामा दिएको हो ।