शनिबार, बैशाख १५, २०८१

राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि भुटनदेवी माविलाइ मतदान केन्द्र तोकियो

काठमाडौ बैशाख १७,
निर्वाचन आयोगले आगामी आगामी जेठ ६ गते हुने बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि मतदान केन्द्र तोकेको छ ।  आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले शुक्रबार जारी गर्नुभएको विज्ञप्तिमा राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम २३ को उपनियम ३ बमोजिम हेटौंडा उपमहानगरपालिका वडा–४ स्थित भुटनदेवी माविलाई मतदान स्थल तोकिएको उल्लेख गरिएको छ।

साथै यसरी तोकिएको मतदान स्थलमा प्रदेशसभा सदस्य ११० जनाका लागि केन्द्र क र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जनाका लागि केन्द्र ख गरी छुटुृाछुटृै मतदानकेन्द्र व्यवस्था गरिएको उल्लेख गरिएकोछ ।