शुक्रबार, चैत्र १६, २०८०

विभागको सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित

काठमाडौ बैशाख १७,
सूचना विभागले बढ्दो कोभिड संक्रमणका कारण जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्णयअनुसार जिल्लामा निषेधाज्ञा लागू र विभागमै कार्यरत केही कर्मचारीलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसंगै विभागले सेवा प्रवाह स्थगित गरेको छ । विभागले आज विज्ञप्तिी जारी गरी यही वैशाख १९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सेवा स्थगित गरिएको जनाएको हो ।

त्यस्तै विज्ञप्तिमा विभागका सेवा अनलाइन भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न तत्काल सम्भव नहुने, बढी जनसम्पर्क हुने तथा कोभिडको बढ्दो सङ्क्रमणबाट सेवाग्राही तथा कर्मचारीलाई सम्भावित सङ्क्रमणबाट जोगाउन अर्को सूचना जारी नभएसम्मका लागि सेवा स्थगन गरिएको उल्लेख गरिएको छ।