बुधबार, बैशाख ५, २०८१

जारी निषेधाज्ञा आदेशको पूर्ण पालना गर्न सर्वसाधारणलाइ गृहको आग्रह

काठमाडौ बैशाख १७,
गृह मन्त्रालयले कोभिड–१९ सङ्क्रमण बढेसंगै उपत्यकामा जारी साताव्यापी निषेधको आदेश जारी भएको निषेधाज्ञाको आदेशको पूर्ण पालना गर्न सर्र्वसाधारणमा आग्रह गरेको छ । मन्त्रालयले निषेधादेश जारी भएका जिल्लामा अत्यावश्यकबाहेकका सार्वजनिक सेवा तथाआवागमनमा रोक लगाइएको जानकारी दिँदै आदेश अवधिभर अत्यावश्यक नपरी घरबाट बाहिर ननिस्कन र यात्रा नगर्न सबैमा अनुरोध गरेको छ ।

मन्त्रालयले आज सूचना जारी गरी कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण तीव्र गतिमा फैलिरहेकाले विषम परिस्थितिको सामना गर्न सरकारको प्रयासका अतिरिक्त सबै सरोकार पक्षको सहयोग एवं सहकार्य जरुरी रहेको उल्लेख गरेको छ । गृह प्रवक्ता जनकराज दाहालले सरकारद्वारा जारी निर्देशन, स्वास्थ्य सुरक्षा मापदण्ड तथा प्रमुख जिल्ला अधिकारीबाट जारी भएका निषेधको आदेश पूर्ण रूपमा पालना गरी सङ्क्रमण फैलिन नदिनका लागि सरकारी प्रयासमा सहयोग गर्न आग्रह गर्नुभएको हो ।

स्मरण रहोस सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम जारी निषेधाज्ञाको आदेश अहिले मुलुकको ७७ मध्ये १५ जिल्लामा पूर्ण र ३ जिल्लामा घोषणा भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2021
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031