शुक्रबार, बैशाख १४, २०८१

उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा १ हजार ५६१ कोभिड संक्रमितको पहिचान

काठमाडौं बैशाख १६,
उपत्यकामा आजबाट जारी जारी निषेधाज्ञाका वीच पछिल्लो २४ घण्टामा १ हजार ५६१ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज पहिचान भएका संक्रमित मध्ये काठमाडौंका ११ सय २७ जना, भक्तपुरका १८२ जना र ललितपुरका २५२ जना संक्रमित रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३५ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।