शुक्रबार, बैशाख १४, २०८१

कोभिड संक्रमित पूर्वमहारानी कोमलको प्लाज्मा थेरापी विधिवाट उपचार, स्वास्थ्यअवस्था सहज हुँदै

काठमाडौ बैशाख १६,
कोभिड संक्रमित भइ नर्भिक अस्पतालमा उपचारारत पूर्वमहारानी कोमल राज्यलक्ष्मी शाहलाई श्वासप्रश्वासको समस्या देखिएपछि बुधबार साँझदेखि आइसीयू कक्षमा राखेर उपचार गर्ने क्रममा आज साँझ प्लाज्मा थेरापी विधिवाट उपचार गरिएको थाहा भएको छ ।

समाचार स्रोतका अनुसार बि नेगेटिभ रक्त समूह रहेका पूर्वमहारानीको प्लाज्मा थेरापी पछि स्वास्थ्य केहि सहज भएको बुझिएको छ । प्लाज्मा थेरापी भन्नाले कोभिड निको भएका व्यक्तिबाट एन्टीबडी झिकेर आईसीयूमा बस्नुपर्ने र गम्भीर प्रकृतिका बिरामीलाई गरिने उपचार विधी हो ।

यसअघि पूर्वमहारानी कोमललाई अक्सिजनको हाइफ्लो सर्पोटमा राखेर उपचार गरिएको थियो । यस्तै पूर्वराजा ज्ञानेन्द्र शाह, छोरी प्रेरणा राज्यलक्ष्मी शाहको अवस्था भने सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।

यसैवीच विश्व हिन्दु महासंघ अन्तराष्ट्रियकी महासचिव अस्मिता भण्डारीले आज एक विज्ञप्ति जारी गर्दै पूर्वमहारानी कोमल ,पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वर अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाहको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।