शनिबार, बैशाख १५, २०८१

नियमक निकायको मौनतासंगै बजारमा रेमडिसिभिरको कृतिम अभाव, कालाबजारी भने बुरुक बुरुक

काठमाडौं बैशाख १६ ,
उपत्यका लगायत देशैभर बढ्दो कोभिड संक्रमितको सख्या बढेसंगै आज बाट जारी साताव्यापी निषेधाज्ञाको मार संगै संक्रणका कारण गम्भीर भएका विरामीका लागि प्रयोग हुँदे आएको रेमडिसिभिर’इन्जेक्शनको समेत हाहाकार हुन थालेको समाचार प्राप्त् भएको छ। रेमडिसिभिरको बड्डो मागसंगै बजारमा यसको खुलमखुला कालोबजारी भएको चर्चा परिचर्चा शुरु भएपनि औषधि जगतका नियमक निकाय औषधि व्यवस्था विभाग भने कानमा तेल हालेर बसेको सम्वद्ध सेवाग्राहीहरुकोे गुनासो रहेको छ।

ती सेवाग्राहीहरुका अनुसार अस्पतालमा संक्रमितको प्रयोगको लागि रेमडिसिभिर उपलब्ध नभएको गुनासो पटक पटक गरे पनि रेमडिसिभिर उपलब्ध गराउन विभागले कुनै पहल कद्मी नलिएको र रेमडिसिभिर आयत गर्न अनुमति प्राप्त गरेको कम्पनीलाइ सम्पर्क गर्न भन्दै जिम्मेवारीबाट पन्छिने गरेको बताए ।

त्यस्तै विभागका अधिकारीको भनाइ मान्दै अनुमति प्राप्त गरेको कम्पनीमा सम्पर्क गर्दा रेमडिसिभिरको मौज्दात नहरेको बताउँदै थप आयात गर्न एकसाता भन्दा लामो समय लाग्ने बताउनुले स्थिती थप नाजुक बनेको अवस्थामा पनि नियमक निकायले मौनता साँध्दै बस्नेले जनमानसमा विभागको नियत जतालाइ औषधि आपुर्तिमा सहज गर्नु भन्दा पनि समस्या ग्रस्त बनानुमा यदृत रहेको सेवाग्राहीको जनाउ रहेको छ ।

यस विषयमा सरोकारवाला निकायमा सम्पर्क गर्दा विभागमा कार्यरत कर्मचारीमा समेत कोभिड संक्रमण देखिएका कारण प्राय विभागीय जिम्मेवार अधिकारीहरु आइसोलेसनमा रहेकाले विभागबाट प्रवाह हुने सेवामा केहि समस्या सिर्जना भए पनि सिर्जित समस्या समस्या समाधानका लागि विभाग लागि परेको भन्ने आफ्नो नाम उल्लेख नगर्ने शर्तमा एक कर्मचारीले भने ।

साथै पछिल्लो समय समाचार स्रोतका अनुसार मुलुकमा देखिएको विषम अवस्थाकावीच विभागले रेमडिसिभिरको कृतिम अभाव सिर्जना गर्दै सरकारले तोकेको मापदंड विपरित रेमडिसिभिरको परल मूल्यभन्दा बढि मूल्य लिदै कारोवार गर्ने प्रवृति मौलाएको र यस विषयमा समेत विभागले कालाबजारीलाइ कारबाहीको दायराभित्र ल्याउँदै त्यस्तो गैरकानुनी कामकारावाही गर्ने व्यवसायीमाथि कारबाही गर्ने भन्दा पनि औषधिका अपराधीको पक्ष पोषण सहित मुकदर्शक बन्दै आएको बुझिएको छ।