बिहिबार, बैशाख १३, २०८१

४ हजार ८३१ जना सङ्क्रमित थपिए, ३५ जना संक्रमितको मृत्यु

काठमाडौं बैशाख १६,
नेपालमा पछिल्लो समय रफ्तारमा बढ्दो कोभिड संक्रमणको जोखिमलाइ दृष्टिगत गर्दै काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा आजबाट जारी निषेधाज्ञाका वीच देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ५९७ जनाका पिसिआर र ९६३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ हजार ८३१ जना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै दिएको जानकारी अनुसार आज पहिचान भएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ३ लाख १७ हजार ५३० पुगेको जनाएको त्यस्तै वितेको २४ घण्टामा ३५ जना संक्रमितको मृत्यु भएको जनाउदै मन्त्रालयले हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार २४६ पुगेको जानकारी दिएको छ ।

साथै आज देशभर ८८८ जना संक्रमित निको भई डिस्चार्ज भएको र योसंगै निको हुनेको सख्या २ लाख ८० हजार १६७ पुगेको जानकारी दिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2021
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031