शुक्रबार, बैशाख १४, २०८१

काठमाडौं उपत्यकाका २५४ सहित ५८० जना कोभिड सङ्क्रमित थपिए, ३को मृत्यु

काठमाडौं बैशाख १ ,
नेपालमा पछिल्लो २४ घण्टामा ५८० जना कोभिड सङ्क्रमित थपिएका छन् । देशभर ४ हजार २८९ जनाको पीसीआर परीक्षणको क्रममा ५८० जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो।

त्यस्तै मन्त्रालयले आज जारी कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक विवरणमा काठमाडौं उपत्यकामा मात्र २५४ जना सङ्क्रमित पहिचान भएको जनाउदै यसमध्ये भक्तपुरमा २०, ललितपुरमा ६१ र काठमाडौंमा १७३ जना रहेका जनाएको छ।

साथै यसवीचमा १२९ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको र जानकारी दिदै कुल संक्रमति मध्ये ८० जना सङ्क्रमित सघन उपचार कक्षमा २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाएकोछ ।  त्यस्तै मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ३ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको र योसंगै हालसम्म नेपालमा कोभिड संक्रमणका कारण ३ हजार ६१ जनाको मृत्यु भएको जानकारी दिएको छ।