शुक्रबार, चैत्र १६, २०८०

आपसी द्वन्दको अन्त गर्दै समन्वय र सामञ्जस्य गरि अघि बढ्न पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह

काठमाडौं बैशाख १ ,
पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष विक्रम सम्वत २०७८ को अवसरमा शुभकामना व्यक्त गर्दै निषेध र प्रतिशोधको चक्रव्युहबाट बाहिर आउन सबैलाई आग्रह गरेका छन । त्यस्ते उहाँँले शुभकामना सन्देश मार्फत राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्पक्ष र इमान्दार भई साझा बारीलाई सबै मिलेर स्याहार सुसार र सजाउन आग्रह गर्दै यसका निम्ति आपसी द्वन्दको अन्त गर्दै समन्वय र सामञ्जस्य गरि अघि बढनु पर्नेमा जोड दिनुभएको छ।

साथै उहाँले अनावश्यक प्रकृतिको दोहन, आर्थिक अपचलन, वैदेशिक प्रभाव र पर निर्भरता त्याग्न आवश्यक रहेको जिकर गर्दै टाठाबाठाहरु सूखी सम्पन्न र सूविधाभोगी हुँदै गएको र निमूखा सर्वसाधारणको जीवनस्तर कहिल्यै नउठेको प्रति चिन्ता समेत व्यक्त गर्नु भएको छ।

साथै पूर्वराजा शाहले साझा समस्या समाधानका लागि फुटेर भन्दा पनि शक्ति संरक्षण गरी जुटेर अघि बढनु पर्नेमा जोड दिएका छन । पूर्वराजा शाहले मेची महाकाली – देश बचाउने हाम्रो पाली , नेपाल हाम्रो पहिचान हो – सनातन हाम्रो संस्कार हो, न जाती न भाषा– सबै नेपालीको एउटै आशा, पहाडका गाउँगाउँमा आधूनिकताको लहर बिस्तार गरौं, तराईका फाँटहरुलाई भmूलाउं र हिमाली तथा उच्च पहाडी क्षेत्रमा फलफुल प्रशोधन बढाऔं, जडिबूटी उद्योग खोलौं र देशलाई आफ्नै स्रोतशक्तिबाट धनधान्यपुर्ण पारौं भन्ने सुझाव समेत दिएका छन ।