शनिबार, जेष्ठ २९, २०७८

बिस्केट जात्राको लिङ्गो उठेसंगै आवश्यक तन्त्रोउक्त पूजा अर्चनापछि आजै ढालियो

भक्तपुर बैशाख १,
भक्तपुरमा नव वर्षको शुभारम्भमा मनाइने बिस्काः जात्राको योसिङ द्यः अर्थात् ५५ हातलामो लिङ्गो २४ घण्टाको प्रयासपछि आज साँझमात्र उठेको छ । चैत्र मसान्त अर्थात जात्राको चौथो दिन भेलुखेलमा उठाइनु पर्ने उक्त लिङ्गो उठ्न नसके पछि आज आज साँझ करिब पौने ७ बजे मात्रै उक्त लिङ्गो उठाइएको हो । लिङ्गो उठे संगै आवश्यक तन्त्रोउक्त पूर्चना पछि आजै लिङ्गो ढालिएको छ ।

बिस्केट जात्राको सवालमा चलन चल्तीमा रहेको किम्बदन्ती अनुसार परापूर्वकालमा भक्तपुरमा एक प्रतापी र अद्भूत सुन्दरी राजकुमारी थिइन् । ती राजकुमारीलाई बिहे गरे राजगद्धी पाइने भएपछि धेरै राजाले तिनीसँग बिहे गरे तर बिहेकै रात राजकुमार मर्ने गर्दथ्यो । राजाले आफ्नो सयन कक्षबाट हरेक बिहान शव उठाई मसानघाटसम्म पु९याउने मलामी गुठी नै स्थापना गरेका थिए ।

अन्तमा एक बुद्धिमानी राजकुमारले ती राजकुमारीसँग बिहे गरे । राति राजकुमारी निदाएपछि उनको नाकको प्वालबाट दुईवटा स–साना नागनागिनी निस्केर अजिङ्गरको रूपधारण गरी राजकुमारलाई डस्न लाग्दा राजकुमारले आफ्नो खड्गले काटेर दुई टुक्रा पारिदिए । ती नागनागिनीले प्राण त्याग गर्ने बेलामा अब हामी दुवै एकै ठाउँमा मर्न लाग्यौँ, हामी प्राण त्याग गरेर गएपछि हाम्रो पुरुषार्थ देखाउन सबैले देख्ने गरी जात्रा चलाइदिनु भने ।

यसरी अजिङ्गरको स्वरुप हुने नागनागिनी मारिएको खुसियालीका साथ यो जात्रा मनाउन थालिएको भनाइ छ । नागनागिनीको अन्तिम इच्छाअनुसार ६० हात लामोे लिङ्गो ल्योसिंखेलमा ठड्याएर एकजोडी विश्व ध्वजा राख्ने गरिन्छ । लिङ्गोमा आठवटा डोरी रहेको हुन्छ, जसमा अष्टमातृका गण अङ्कित हुन्छ आज मध्याह्नबाट भैरव र भद्रकालीको रथमा विधिवत पूजा अर्चना गर्दै रथलाई तानेर भेलुखेल पु९याएपछि बिधि पूर्वक हात भएको ईन्द्रधवजासहितको लिङ्गो उठाउने परम्परा छ । यो लिङ्गो शनिवार दिनभर जात्रा गरी साँझ ढाल्ने गरिन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2021
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031