शनिबार, बैशाख १५, २०८१

राष्ट्रिय समस्याका विषयमा सरकारको साथ रहने दलीय नेताहरुको प्रतिबद्धता

काठमाडौं बैशाख ४,
प्रधानमन्त्री केपी ओलीले कोभिड–१९ सङ्क्रमणको रोकथाम, तीनै तहका रिक्त क्षेत्रका उपनिर्वाचन र संसद्का कामकारवाहीका विषयगत एजेन्दामा नितिगत निर्णयका लागि आज बोलाउनुभएको सर्वदलीय बैठकमा सहभागी दलका नेताहरुले राष्ट्रिय समस्याका विषयमा सरकारको साथ रहने प्रतिबद्धता व्यक्त गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभएको छ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले “बैठकमा कोभिड महामारीको प्रतिकार्य र रोकथामका उपाय कसरी अवलम्बन गर्ने, रिक्त भएका प्रतिनिधिसभा, प्रदशेसभा र स्थानीय तहमा कसरी उपनिर्वाचन सम्पन्न गर्ने तथा संसद्मा अड्किएका केही विजनेश लगायतका विषयमा छलफल सहित खुला सिमानामा नियान्त्रणका उपाए अवलम्बन गर्दै पछिल्लो समय कोभिडको समस्या  बढ्दो रहेको कारण प्रभावकारी ढङ्गले काम गर्न दलका नेताहरुबाट सरकारलाई सुझाव दिनुभएको बताउनुभयो ।

साथै प्रतिनिधिसभा, प्रदशेसभा र स्थानीय तहमा कसरी उपनिर्वाचनको सवालमा भने संवैधानिक व्यवस्थाअनुसार नै निर्वाचन आयोगले तोकेको समयमा निर्वाचनमा सहभागी हुने सबै दलबाट सहमति व्यक्त भएपनि नेपाली कांग्रेसले भने भदौमा महाधिवेशन भएकाले त्यसलाई प्रभावित नहुने गरी कार्यतालिका प्रकाशित गर्न सुझाव दिएको उहाँले बताउनुभयो ।

बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता पौडेल र महामन्त्री विमलेन्द्र निधि, नेता बालकृष्ण खाँड, जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टी  राप्रपाका नेता लोहनी र नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवाललगायत सहभागी हुनुहुन्थ्यो । बैठकमा नेकपा एमाले माधव नेपाल समूह र नेकपा माओवादी केन्द्रका नेताहरुको भने उपस्थिति थिएन ।