शुक्रबार, बैशाख १४, २०८१

वितेको २४ घण्टामा ८४३ मा कोभिड सङ्क्रमण, २२६ संक्रमण मुक्त

 काठमाडौं बैशख ४ ,

पछिल्लो     २४ घण्टामा ६ हजार ४ जनाको कोभिड परीक्षणको क्रममा ८४३ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएसंगै नेपालमा कूल दुई लाख ८३ हजार ६५८ जनामा सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार ९०० जनामा सङ्क्रमण देखिएको र अज पहिचान भएका संक्रमितमा नौ वर्षसम्मका बालबालिका १७ जना र १० देखि १९ वर्ष उमेर समूहका बालबालिका ७२ रहेका छन् । यस्तै २० देखि २९ वर्ष उमेर समूहका युवा १७५ र ३० देखि ३९ वर्ष उमेर समूहका १८५ रहेको जनाएकोछ ।

त्यस्तै मन्त्रालयले यसवीचमा २२६ जना सङ्क्रमण मुक्त भइ डिस्चार्ज भएसंगै निको हुनेको सख्या २ लाख ७५ हजार ३८ पुगेको जानकारी दिनुको अलावा सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको पुष्टि गरेको छ । स्मरण रहोस अहिलेसम्म कोभिड संक्रमिणका कारण मृत्यु हुनेको सङ्ख्या तीन हजार ७५ पुगेको जनाएको छ। त्यस्तै मन्त्रालयले कुल सङ्क्रमितमध्येले एकसय जनाको सघन उपचार कक्षमा ३८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएकोछ ।