मङ्लबार, बैशाख ११, २०८१

प्रिमनसुन सुरु : हावाहुरी र चट्याङसहितको वर्षाको सम्भावना

काठमाडौं वैशाख ४,
मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको साप्ताहिक बुलेटिनअनुसार देशका सातै प्रदेशमा प्रीमनसुन सुरु भएका कारण अबको एकसाता देशव्यापी रूपमा मौसमी बदलीसँगै हल्कादेखि मध्यम वर्षाको क्रम जारी रहने जनाएको छ ।

शुक्रबारदेखि काठमाडौं उपत्यका लगायत मुलुकका कतिपय भागमा प्रीमनसुनको प्रभाव देखिसकेको जनाउदै महाशाखाले साताका अधिकांश दिन हिमाली तथा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । तराईका भूभागमा साताको सुरु र अन्त्यमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। त्यस्तै यसवीचमा केही स्थानमा हावाहुरी र चट्याङसहितको वर्षा हुनेछ संभावना समेत औल्याएकोछ ।

त्यस्तै नेपालमा पश्चिमी वायु र स्थानीय वायु दुवै सक्रिय रहेको जनाउदै प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागमा साताको सुरु र अन्त्यको समयमा मेघ गर्जन र चट्याङसहितको हल्का वर्षाको सम्भावना औल्याउनुको अलावा हिमाल, पहाड र तराईका अधिकांश स्थानमा अधिकतम तथा न्यूनतम तापक्रम हल्का वृद्धि हुने जनाएकोछ ।