शुक्रबार, बैशाख १४, २०८१

संक्रमितको संख्या बढ्दै गए परिस्थितीअनुसार लकडाउनको निर्णय पनि हुन सक्छ :सह प्रवक्ता डा अधिकारी

काठमाडौं चैत ११,
सरकारले पुनः लकडाउन हुन सक्ने संकेत गरेको छ । संक्रमित संख्या उच्च भएमा परिस्थितीअनुसार लकडाउनको निर्णय लिने स्वास्थ मन्त्रालयले जनाएको छ । बुधबारको बमेभिड मिडिया प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा। समीर अधिकारीले उक्त कुरा बताएका हुन् ।

‘संक्रमणको अवस्था बिग्रिएमा सरकारले जनस्वास्थ्यका मापदण्ड कार्यान्यवनमा कडाइ गर्नेछ’ अधिकारीले भने, ‘संक्रमति संख्या बढ्दै गए परिस्थितीअनुसार लकडाउनको निर्णय हुनसक्छ ।’

त्यस्तै चैत १५ र १६ गते मनाइने फागू पर्व [होली]लाई घरमै रहेर मनाउन र जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न पनि उनले आग्रह गरे । बैशाख १ गते मनाइने सुदुरपश्चिमको विसु पर्वलाई पनि सतर्कताका साथ मनाउन आग्रह गर्दै मन्त्रालयका सह–प्रवक्ता डा। अधिकारीले भारत र नेपाल सीमावर्ती नाकामा हेल्थ डेस्कको व्यवस्था गर्न र आवश्यक सुरक्षा पनि सरकारले गर्ने जनाए ।