शुक्रबार, बैशाख ७, २०८१

काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं चैत ११,
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आसन्न १४औं महाधिवेशनको कार्यतालिका प्रभावित भएसंगै काँग्रेसले सो सम्बन्धमा छलफल गर्न भन्दै आगामी चैत २० गतेका लागि बैठक बोलाएको हो ।

यसअघि कांग्रेसले भाद्र ७–१० गते महाधिवेशन गर्ने गरी कार्यतालिका बनाउँदै अहिले क्रियाशील सदस्यता वितरण तथा नवीकरणको तथ्यांक देशभरबाट केन्द्र संकलन गर्ने काम भइरहेको छ ।

त्यस्तै कांग्रेस कार्यालयका मुख्यसचिव पौडेलकाअनुसार बुधबारसम्म ६९ जिल्लाबाट तथ्यांक इन्ट्री सुरु भएको छ र ४ लाखभन्दा बढी क्रियाशील सदस्यता वितरण तथा नवीकरण भएको काँग्रेस मुख्यालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु