बुधबार, बैशाख १२, २०८१

दिनानुदिन कोभिड संक्रमितको सख्या बढ्दो ,उपत्यकामा मात्र ६३ जना संक्रमित

काठमाडौं चैत ११,
पछिल्लो २४ घन्टामा थप १ सय ४५ जना नयाँ कोभिड संक्रमित थपिएसंगै देशभर कुल कोभिड संक्रमितको संख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ३ हजार ९ सय ६३ जनामा गरिएको पिसिआर परीक्षणको क्रममा १ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो । यसमध्ये काठमाडौं उपत्यकामा ६३ जना रहेका छन । यस मध्ये भक्तपुरमा २ , ललितपुरमा ८ र काठमाडौं जिल्लामा ५३ जना सङ्क्रमित रहेको मत्रालयले जनाएको छ ।

त्यस्तै कुल संक्रमित मध्ये १ हजार १ सय ८२ मा सक्रिय संक्रमित रहेको जानकारी दिदै यसवीचमा देशभरबाट थप ९० जना संक्रमित कोभिड मुक्त हुँदै घर फर्केसँगै कोभिड मुक्त हुनेको सख्या २ लाख ७२ हजार १ सय ८७ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप१ जनाको कोभिड–१९ बाट मृत्यु भएको र योसंगै अहिलेसम्म कोभिडका कारण मृत्यु हुनेको संख्या ३ हजार २० जना पुगेको मन्त्रालयले जनाएको छ ।