शनिबार, बैशाख १५, २०८१

नेपाल पत्रकार महासंघको निर्वाचन कार्यातालिका सार्वजनिक [तालिकासहित]

काठमाडौ चैत ७,
नेपाल पत्रकार महासङ्घ केन्द्रीय निर्वाचन समितिले आज आगामी चैत २५ गते हुने महासंघको निर्वाचन  कार्यातालिका सार्वजनिक गरेको छ । पत्रकार कपिल काफ्लेको संयोजकत्वमा गठित निर्वाचन समितिले आज निर्वाचनको कार्यातालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक कार्यतालिका अनुसार मतदाता नामावली प्रकाशन आइतवार साँझ ५ १५ बजे गर्ने भएको छ। त्यस्तै चैत १२ गते बिहान साढे १० बजेदेखि दिउसो दिउसो ४ बजेसम्म उम्मेदवार मनोनयन गर्ने कार्यतालिकामा उल्लेख गरिएको छ भने उम्मेदवार उपरको दावी विरोधको लागि चैत १३ गते बिहान साढे १० बजेदेखि दिउसो दिउसो ४ बजेसम्मको समय सिमा तोकिएको छ ।

महासंघको संशोधित विधानानुसार केन्द्रीय साधारणसभा गत फागुन ४ र ५ गते सम्पन्न भइसकेको छ ।