शुक्रबार, बैशाख १४, २०८१

एमाले केन्द्रीय कमिटी बैठक : वरिष्ठ नेता नेपालसहित पाँचजनालाइ स्पष्टीकरण सोध्ने निर्णय

काठमाडौ चैत ७,
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार दिउँसो बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पार्टी हितविपरितका आचरण गर्नेको भन्दै वरिष्ठ नेता माधव नेपाल,नेताहरु भीमबहादुर रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

बैठकले गुटगत भेला सहित पार्टीलाई खुइलाउने काम गरेको र सरकारलाई बदनाम गर्ने काम गरेकाले स्पष्टीकरण सोध्ने निर्णय गरेको सम्वद्ध स्रोतले जनाएको छ।

त्यस्तै बैठकले पार्टी अध्यक्ष केपी ओलीलाइ पार्टी नेता, कार्यकर्ताहरुको मनोनयन, कारवाही गर्ने अधिकार पनि प्रत्यायोजन गर्दै ओलीलाइ थप शक्तिशाली बनाउनुको अलावा अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पार्टीको तर्फबाट गरिने सबै काम अध्यक्षलाई अख्तियारी गर्ने निर्णय समेत गरेको बुझिएकोछ ।