शनिबार, जेष्ठ २९, २०७८

आज विधिवत चीर ठडयाइएसङगै रङ्हरुको पर्व होली सुरु

काठमाडौं चैत ८,
आज फागुन शुक्ल अष्टमीका दिन अर्थात वर्ष २०७७ को होली पर्व सुरु भएको छ । आज राजधानीको बसन्तपुरमा मानन्धर सनाःगु खल गुठीका मानन्धरहरुले रंगीचंगी कपडाका टुक्राहरु झुण्ड्याइएको चीर ८ बजेर २६ मिनेटको शुभसाइतमा ठड्याएसँगै उपत्यकामा विधिवतरुपमा होली सुरु भएको मानीन्छ ।

बसन्त ऋतुको स्वागतसँगै साताव्यापी रुपमा एकआपसमा मैत्री एवम् सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र बसन्त राग गाउँदै नाच्दै अविर लगाएर शुभकामना आदानप्रदान गरिन्छ ।

धार्मिक कथन अनुसार आफ्ना विष्णुभक्त पुत्र प्रह्लादको हत्या गर्न खोज्ने दैत्यराज हिरण्यकश्यपुकी बहिनी होलिकाले ब्रह्माबाट आगोले नपोल्ने वर पाएकी हुन्छिन् । प्रह्लादलाई मार्ने योजनासाथ दन्किरहेको आगोमा पस्दा होलिका आफै भष्म भएको तर प्रह्लादलाई केही नभएको प्रसंग यस पर्वसँग जोडिएको छ ।

शक्तिको दुरुपयोग गर्ने होलिका मारिएको खुशीयालीमा त्यसै बेलादेखि होली अर्थात् फागु खेल्ने परम्परा चलेको मानिन्छ । यस वर्ष राजधानीमा पहाडी क्षेत्रमा चैत १५ गते पूर्णिमाका दिन र तराई क्षेत्रमा त्यसको भोलिपल्ट १६ गते  मनाइदैछ ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु