शनिबार, बैशाख १५, २०८१

पत्रकार महासङ्घको निर्वाचन चैत २५ गते

काठमाडौं चैत ४,
नेपाल पत्रकार महासङ्घको निर्वाचन आगामी चैत २५ गते हुने भएको छ । महासङ्घका उपलब्ध केन्द्रीय समितिको आज बसेको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको हो ।  महासङ्घको संशोधित विधानानुसार केन्द्रीय साधारणसभा गत फागुन ४ र ५ गते सम्पन्न भइसकेको छ ।

त्यस्तै चैत ७ गते सबै तहको निर्वाचन कार्यतालिका प्रकाशन हुने जनाउदै महासङ्घले निर्वाचनको लागि पत्रकार कपिल काफ्लेका संयोजकत्वमा सदस्यहरु अधिवक्ता अरुण पौडेल, कपिलचन्द्र पोखरेल, कृष्णमाया भुसाल, हरेन्द्र राई र देवेन्द्र झा तथा सदस्य सचिवमा भक्तिराम घिमिरे रहने गरि यसअघिनै निर्वाचन समिति गठन गरिसकेको छ ।