शुक्रबार, चैत्र १६, २०८०

जसपा कार्यकारिणी समितिको बैठक: सत्ता समीकरण केन्द्रीत हुँदै दलको नेता चयन गर्दै

काठमाडौं चैत ५ ,
मुलुकको पछिल्लो राजैनैतिक अवस्था अनुरुप जनता समाजवादी पार्टी ‘जसपा’को राष्ट्रिय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । आजको बैठक मुलत सत्ता समीकरण केन्द्रीत हुने सम्वद्ध स्रोतले जनाएको छ ।

त्यसोत समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकाकार भएयता अस्तित्वमा आएको जनता समाजवादी पार्टीको संसदीय दलको नेता र उपनेता छनोट प्रक्रिया बाँकी नै रहेका कारण पनि आज बस्ने बैठकले दलको नेता र उपनेता समेत छनौट गर्ने बताइएकोछ ।

प्राप्त जानकारी अनुसार जसपाले महन्थ ठाकुरलाई दलको नेता चयन गर्ने प्राय निश्चित भएको बताएपनि केपी ओली र कांग्रेस माओवादी दुबै मध्ये जो सुकै संग सत्ता समीकरणको गरेपनि जसपाका निलम्बित सांसद रेशम चौधरीलगायतका मधेस र थरुहट आन्दोलनका क्रममा पक्राउ परेका नेता–कार्यकर्ताको रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधन र लाल आयोगको प्रतिवेदन सार्वजनिकको माग गर्ने तयारी गरेको बुझिएको   छ ।

यद्यपी प्राप्त पछिल्लो जाकारी अनुसार सत्ता समीकरणको हकमामहन्थ ठाकुर र राजेन्द्र महतो ओली कित्तामा र उपेन्द्र यादव र बाबुराम भट्टराई काँग्रेस माओवादी कित्तामा जाने पक्षमा देखिएका छन ।