शुक्रबार, चैत्र १६, २०८०

२ हजार ७८१ जनाको पिसिआर परीक्षणको क्रममा थप ९४ मा कोभिड पुष्टि

काठमाडौं चैत ४ ,
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७८१ जनाको पिसिआर परीक्षणको क्रममा थप ९४ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । आज पुष्टि भएका संक्रमितसंगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार ५१८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ५५ सङ्क्रमित निको भएसंगै हालसम्म २ लाख ७१ हजार ५५० जना कोभिड मुक्त हुँदै डिस्चार्ज भएको जनाउदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर ९५४ सक्रिय सङ्क्रमित रहेका र पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको जानकारी दिदै सङ्क्रमणबाट तीन हजार १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।