शुक्रबार, बैशाख १४, २०८१

प्रम ओलीको कारवfही चेतावनीकावीच नेपाल– खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि शुरु हुँदै

काठमाडौं चैत ४,
नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि शुरु हुँदैछ ।दुइ दिन सम्म चल्ने उक्त भेलामा भाग लिन जिल्ला–जिल्लाबाट मंगलबार नै नेताहरु काठमाडौं आइसकेका छन् ।

सर्वोच्चको फैसलासंगै नेपाबाट पूरानै अस्तिवव अर्थात नेकपा एमालेमा रुपान्तरित भएका एमालेका प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले गत शुक्तवार एकलौटी निर्णय गर्दै आफ्नो समूहका बाहेक सबै नेताहरुको जिम्मेवारी खोसेपछि खनाल–नेपाल समूहले भेला गर्न लागेको हो । भेलामा दुई हजार बढी नेता–कार्यकर्ता सहभागी हुने जनाइएको छ ।

त्यस्तै भेलाको चर्चा चलेसंगै मंगलवार प्रम ओलीले यो वा त्यो नामको भेलामा नजान र जाने कार्यकर्ता र नेतालाइ कारवाही गर्ने सम्को चेतावनीको उर्दी जारी गरेको थियो । भेलाका लागि खनाल–नेपाल समूहले भीम आचार्यलाई प्रदेश–१, घनश्याम भुसाललाई प्रदेश–२, अष्टलक्ष्मी शाक्यलाई बागमती, सुरेन्द्र पाण्डेलाई गण्डकी, युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली तथा भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ ।