शुक्रबार, बैशाख १४, २०८१

पुन: बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं चैत ४,
नेपाल आयल निगमले पुन पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । चैत ३ गते मध्यरात्रीबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।

बढ्दो मूल्य अनुसार पेट्रोल ११८ रूपैयाँ तथा डिजेल र मट्टीतेल १०१ रूपैयाँ प्रतिलिटर पुगेको निगमले जनाएको छ ।