शनिबार, जेष्ठ २९, २०७८

निधनजस्तो संवदेनशील विषयमा अनुमानका भरमा सूचना सम्प्रेषण नगर्न सम्बन्धित सबैमा अनुरोध

भ्रामक तथा अतिरञ्जित सूचनाप्रति परिवारजनको गम्भीर ध्यानाकर्षण

काठमाडौं चैत ४,
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य सम्बन्धमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका भ्रामक तथा अतिरञ्जित सूचनाप्रति परिवारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नर्भिक अस्पतालमा उपचाररत नेता जोशीका स्वास्थ्यबारे यो वा त्यो कोणबाट अनावश्यक एवम् भ्रमपूर्ण खबर सार्वजनिक भएसंगै परिवारजनको तर्फकाठ यस्तो अभिव्यक्ति आएको हो । जारी अभिव्यक्तिमा निधनजस्तो अति संवदेनशील विषयमा अनुमानका भरमा सूचना सम्प्रेषण नगर्न सम्बन्धित सबैमा अनुरोध समेत गरेको हो । नेता जोशीको थापाथलीस्थित नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेकाले भ्रमपूर्ण खवरमा कुनै सत्यता नभएको उल्लेख गरिएकोछ ।

यसैवीच नर्भिक अस्पतालले आजै विहानै विज्ञप्ति जारी गर्दै नेता जोशीको भेन्टिलेटरमा उपचार जारी रहेका कारण निधनजस्तो अति संवेदनशील विषयमा अनुमानको भरमा खबर सम्प्रेषण नगर्न सबैमा अनुरोध गरिएको छ । फागुन १४ गते मस्तिस्कघात भएपछि जोशीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार हुँदै आएको छ । उनको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु