शनिबार, बैशाख १५, २०८१

माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित

काठमाडौं चैत २,
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । आज पार्टी मुख्यालय पेरिसडाँडामा सोमबार बसेको बैठक पछि अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको हो ।

त्यस्तै पार्टी प्रवक्ता श्रेष्ठले आजको बैठकमा जनार्दन शर्मा, पम्फा भुषाल, वर्षमान पुन, शक्ति बस्नेत, हेमराज भण्डारी, पुष्पविक्रम मल्ल, परशुराम रम्तेल, जयपुरी घर्ती, पर्शुराम तामाङ, धर्मदत्त देवकोटा, डिलाराम आचार्य, रामचन्द्र झा लगायत २ दर्जन भन्दा बढि केन्द्रीय सदस्यहरुले आआफ्नो अभिमत प्रस्तुत गरेको जानकारी दिदै यसवीचमा नयाँ सत्ता समिकरणका लागि विभिन्न दलसंगको छलफललाइ निरन्तरता दिनु पर्ने भएका कारण बैठक स्थगन गरिएको र अर्को बैठकको सूचना केहि समय पछिनै सार्वजनिक गरिने बताउनुभयो ।

साथै आजको बैठकमा अभिमत प्रस्तु गर्ने केन्द्रीय सदस्यहरुले गोलवद्ध र सवै कम्युनिष्ट पार्टीलाइ समेटेर सशक्त कम्युनिष्ट पार्टी बनाउनको विकल्प नभएको धारणा clभव्यक्त गरेको जानकारी दिनुभयो ।