बिहिबार, बैशाख १३, २०८१

आज काँग्रेस, माओवादी केन्द्र र जसपावीच सत्ता समिकरण केन्द्रीत संयुक्त विशेष र अर्थपूर्ण छलफल हुँदै

काठमाडौं चैत २,
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको विस्थापनका लागि  प्रमुख ३ नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपावीच आज आज दिउसो काँग्रेस सभापति शेर वहादुर देउवाको निवास बुढानिलकण्ठमा नयाँ सरकार गठनको लागि  सयुक्त एवम निर्णायक छलफल हुने भएकोछ ।

मुलत नयाँ सत्ता समिकरण केन्द्रीत रहेको आजको छलफलमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला सहभागी हुनेछन भने माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड ,नारायणकाजी श्रेष्ठ र जसपाका तर्फबाट संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसंगै राजेन्द्र महतो सहभागी हुने सम्वद्ध स्रोतले जनाएकोछ ।

यसअघि सत्ता समिकरणकै नेतृत्वको सवालमा लागि ३ दल वीच पटकपटक दुईपक्षीय छलफल भइुकेको छ भने आज पहिलो पटक ३ दलवीच सयुक्त छलफल हुन लागेको हो । आज हुने छलफलले मुलुकमा नयाँ सकरकारको परिकल्पनालाइ सार्थकता दिने प्राय निश्चित भएको छ।