शुक्रबार, बैशाख ७, २०८१

सफ्टवेयर सोर्स कोर्ड र युजर इन्टरफेस दुरुपयोग गर्ने ३ जना पक्राउ

 काठमाडौं चैत २,
नेपाल प्रहरीको साइबर ब्युरोले सफ्टवेयर सोर्स कोर्ड दुरुपयोग गर्ने ३ जनालाई पक्राउ गरेको छ । साइबर ब्युरो भोटाहिटी टोलीले नेशनल सफ्टवेयर एण्ड आइटी सोलुशन प्रालि कम्पनीको स्वामित्वमा रहेको सफ्टवेयरको सोर्स कोर्ड र युजर इन्टरफेस हुबहु नक्कल गरी सफ्टवेयर सोर्स कोर्ड दुरुपयोग गर्ने ३ जना लाई कम्पनीको स्वामित्वमा रहेको सफ्टवेयरको सोर्स कोर्ड र युजर इन्टरफेस नक्कल गरी बिक्री वितरण गरेको उजुरीको आधारमा आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्रिफेस टेक्नोलोजी प्रालि बुटवलका सञ्चालकत्रय दाङका ३९ वर्षीय विमल केसी, रुपन्देहीका ४० वर्षीय श्यामबहादुर चौधरी र पूर्वी नवलपरासीका ३६ वर्षीय शङ्कर ज्ञावाली रहेको  ब्युरोले जनाएको छ ।

 पक्राउ परेका तीनै जनालाई चैत १ गतेको काठमाडौ जिल्ला अदालतको आदेशमार्फत छ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको जनाउदै फरार रहेको बाँकी सञ्चालकको खोजी कार्य भइरहेको ब्युरोले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु