शुक्रबार, बैशाख १४, २०८१

खनाल नेपाल समूहले भन्यो-  प्रम ओलीको एकलौटी निर्णय किमार्थ अस्वीकार्य

नेकपा एमालेमा खनाल-नेपाल समूहको समानान्तर कमिटी

काठमाडौ फागन २९,
नेकपा एमालेको नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट केन्द्रीय सदस्यहरुको शनिबार बसेको बैठकले अध्यक्ष केपी ओलीले गरेका एकलौटी निर्णयहरु किमार्थ स्वीकार्य नहुने जनाउ सहित चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाउने निर्णय गरेको सम्वद्ध स्रोतले जनाएको छ । साथै बैठकले प्रधानमन्त्री ओलीले विधानविपरीत गरेका गतिविधि प्रति केन्द्रीत हुँदैत्यस विरुद्ध लाग्नुको विकल्प नभएको ठहर समेत गरेको बझिएकोछ ।

साथै चैत ४ र ५ गते आयोजना हने बताईएको कार्यकर्ता भेलाका लागि प्रदेश इन्चार्ज र विभागीय जिम्मेवारी तोक्दै  प्रदेश १ को इन्चार्जको जिम्मेवारीमा भीम आचार्य प्रदेश २ को इन्चार्ज घनश्याम भुसाल बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य ,गण्डकी प्रदेशको इन्चार्जमा सुरेन्द्र पाण्डे ,लुम्बिनी र कर्णाली प्रदेशको जिम्मेवारी युवराज ज्ञवालीलाई दिइएको छ भने सुदूरपश्चिम प्रदेशको जिम्मेवारी भने भीम रावललाइ दिईएको छ ।

स्मरण रहोस खनाल – नेपाल समूहले आज तोकेको प्रदेश इन्चार्जको जिम्मेवारीलाइ राजनैतिक विश्लेकषकहरुले जसरी प्रम ओलीले शुक्रबार खनाल-नेपाल पक्षलाई थाहै नदिई सो समूहमा रहेका नेताहरुको जिम्मेवारी खोसेपछि खनाल -नेपाल समूहले समानान्तर कमिटीको प्रारुपमा आज प्रदेश इन्चार्जको जिम्मेवारी तोकेको जनाउ दिएका छन । त्यस्तै महिला विभागको जिम्मेवारी अष्टलक्ष्मी शाक्य, प्रचारको योगेश भट्टराई, विद्यार्थीको गोकर्ण विष्ट, युवाको रघुजी पन्त र बुद्धिजीवीको संयोजन गर्ने जिम्मा प्रमेश हमालले पाएका छन ।