शनिबार, बैशाख १५, २०८१

एकदलीय सर्वसत्तावादी चरित्रका कम्युनिष्टविरुद्ध लड्नुको विकल्प छैन: सभापति देउवा

काठमाडौ फागुन २९,
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिष्ट पार्टीविरुद्ध लड्नुपर्ने बेला भएको बताएका छन् ।

त्यस्तै उहाँले कम्युनिष्टको आवरणमा एकदलीय सर्वसत्तावाद लागू गर्न चाहेका कारण प्रजातन्त्रलाई स्थायी बनाउन एकदलीय सर्वसत्तावादी चरित्रका कम्युनिष्टविरुद्ध लड्नुको विकल्प नभएको बताउनुभएको हो । त्यस्तै कम्युनिष्ट सरकारले भूठा नारा सहित जनतालाई भ्रममा पार्दै गर्दै आएको सवै किसिमका अपराध विरुद्ध जनताले हिसाव किताव गर्ने बताउदै सत्ताकै लागि कांग्रेसले लोभ र हतार गर्न नहुने तर सरकारको नेतृत्व गर्ने जिम्मेवारीबाट नभाग्ने बताउनुभयो ।

साथै सभापति देउवाले सम्बोधनको क्रममा महिला मतदातालाई कांग्रेसमा आकर्षित गराउनुपर्नेमा समेत जोड दिदै नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा रहेका कारण हतार गर्न आवश्यक नभएको भन्दै परिस्थिति पर्‍यो भने जिम्मेवारीबाट भाग्ने काम पनि काँग्रेसले नगर्ने बताउनुभयो।