बिहिबार, बैशाख १३, २०८१

६० जना कोभिड सङ्क्रमित पहिचान हुँदै गर्दा ७२ जना डिस्चार्ज, २ को मृत्यु

काठमाडौ फागन २९,
पछिल्लो २४ घण्टामा नेपालमा ६० जना कोभिड सङ्क्रमित थपिएका छन् ।आज थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या २ लाख ७५ हजार १७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।

त्यस्तै मन्त्रालयले वितेको २४ घण्टामा ७२ जना सङ्क्रमित उपचार पछि निको भएसंगै निको हुनेको सख्या २ लाख ७१ हजार २४९ पुगेको जनाएको छ ।

साथै मन्त्रालयले कुल संक्रमित मध्ये पछिल्लो डेटा अनुसार ९१५ जनामा सक्रिय संक्रमित रहेको जनाउदै  पछिल्लो २४ घण्टामा २ जना सङ्क्रमितको मृत्युको पुष्टि गरेको छ। आज पुष्टि भएका मृतकको सख्या संगै नेपालमा कोभिडका कारण मृत्यु हुनेको सख्या ३ हजार १४ पुगेको जनाएको छ।