शुक्रबार, बैशाख १४, २०८१

झलनाथ-माधव समूहले ओलीको एकलौटी निर्णय नमान्ने

काठमाडौ फागुन २८,
झलनाथ-माधव समूहले केपी ओलीको एकलौटी निर्णय नमान्ने भएको छ। शुक्रबार  केपी   ओलीले एकतर्फी, एकलौटी ढंगले केन्द्रीय कमिटी पुनर्गठन गर्दै महाधिवेशनको मिति तोकेपछि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएर उक्त निर्णय गरेका हुन्।

बानेश्वरस्थित होटेल अर्यालमा बसेको बैठकले विधान विपरित आएको केपी ओलीको निर्णय मान्न नसकिने भन्दै अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्ने निश्कर्ष निकालेको हो । केपी ‌ओलीको एकतर्फी निर्णय मान्न सकिन्नँ’, एक स्थायी कमिटी सदस्यले बैठकमा भएका निर्णय सुनाउँदै भने, विधान र कानुन विपरित केपी ओलीले गरेको एकतर्फी निर्णय मान्ने कुरै छैन। अब कसरी अगाडि बढ्ने भन्नेबारे हामी पुनः छलफल गरेर निर्णय गर्छौ।’

पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार नवौँ केन्द्रीय बैठक राखेर पुनर्गठन गरेका थिए । ओलीले एकलौटी प्रदेश इन्चार्च तोक्दै अध्यक्ष र सचिवसमेत चयन गरेपछि झलनाथ-माधव समूह आक्रोशित छ ।