शुक्रबार, चैत्र १६, २०८०

पदाधिकारी बैठक सहित काँग्रेस सत्ता समीकरणको छलफलमा

काठमाडौ फागुन २८,
नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले आफ्नो नेतृत्वमा सरकार गठनको प्रयास शुरु गर्न गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेको छ । सरकार गठनमा निर्णायक बनेको जनता समाजवादी पार्टीका नेताहरुसँग भेट्नुअघि सभापति देउवाले दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाएका छन् ।

एमाले र माओवादी केन्द्र ब्युँतिएपछि प्रधानमन्त्री केपी ओलीले जसपाको सहयोग लिन खोजेसंगै पदाधिकारी बैठकमा सभापति देउवालाइ आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्नु आग्रह गर्ने तयारी पौडेल समूहले गरेको बुझिएको छ।

यद्यपी यसअघिनै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाउन प्रस्ताव गरेका चर्चाले राजनैतिक बजार गर्माएको थियो ।

तर कांग्रेस आफैंले भने आफ्नो नेतृत्वमा सरकार गठनको अग्रसरता नदेखाए पछि पौडेल समूह सहयोगका लागि तयार भएको बताईएकोछ ।
यसैवीच   सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज अपराह्न ३ः०० बजे बस्ने पदाधिकारी बैठक पार्टीको आसन्न १४औँ महाधिवेशन, बदलिँदो राजनीतिक सत्ता समीकरणलगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

स्मरण रहोस काँग्रेसले आजै जनता समाजवादी पार्टी नेपालसँग पनि समसामयिक राजनीतिक विषयमा छलफल गर्दैछ । सभापति देउवा निवासमा अपराह्न ४ः०० बजे काँग्रेस र जसपा नेपालका शीर्ष नेताबीच समसामयिक विषयमा छलफल गदैछन ।