बुधबार, बैशाख १२, २०८१

नेकपा एमालेको १० औं महाधिवेशन आगामी मंसिरमा ,२ सय ६४ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन

काठमाडौं फागुन २८,
नेकपा एमालेले १० औं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय सहित २ सय ६४ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरेको छ ।

त्यस्तै बैठकले माओवादीबाट थप भएका नेताहरुमा रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणी थापा, गौरीशंकर चौधरी, प्रभु साह लगायत लाइ केन्द्रीय सदस्यमा थप गर्दै पार्टी अध्यक्ष तथा महासचिव बाहेक सबै पदाधिकारीको पद खारेज गर्नुको अलावा २०७५ जेठ ३ गतेदेखि २०७७ फागुन २३ गतेसम्मको समयलाई शुन्य समयकोरुपमा परिभाषित गरेको बुझिएको छ।

त्यस्तै गरि बैठकले प्रदेश इन्चार्जको कार्याधिकार समेत तोकदै प्रदेश १ को इन्चार्जमा सुवासचन्द्र नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, बागमती प्रदेशमा रामबहादुर थापा ‘बादल’, उपत्यकाको इन्चार्जमा आनन्द पोखरेल, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यामलाल कँडेल, सुदूरपश्चिममा लेखराज भट्टलाई जिम्मेवारी दिएको छ ।

साथै बैठकले अवको ६ महिना भित्र जिल्लाको अधिवेशन सम्पन्न गर्ने निर्णय संगै यसअघि व्यवस्था रहेको ७० वर्ष उमेर पुगेकाले राजनीतिबाट अवकास लिने दफागत व्यवस्थालाइ खारेज गरेको छ ।